नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रुकुम


घुम्ती शिविर सन्चालन

सुशासन(सन्चालन तथा व्यवस्थापन) ऐन, २०६४ को दफा २६ र नियमावली, २०६५  को नियम १५ बमोजिम सरकारले प्रदान गर्ने सेवाहरू नागरिकको घरदैलोमा पुर्‍याउन जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले संयोजन गरी घुम्ती सेवा शिविर सन्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालय, रुकुमले अन्य सरकारी कार्यालयका सेवाहरू संयोजन गरी २०७२ साल बैशाख १-५ सम्म जिल्लाका पूर्वी विकट क्षेत्रहरूलाई समेटेर तकसेरा गाविसमा घुम्ती सेवा शिविर सन्चालन गरेको थियो । मिति २०७२/०६/०१ गते बसेको जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुखको बैठकबाट निर्णय भए अनुसार जिल्ला प्रशासन कार्यालय, रुकुमको संयोजनमा मिति २०७२/०६/२० गतेदेखि २३ गतेसम्म रुकुम जिल्लाको पश्‍चिम क्षेत्रहरूलाई समेटेर पूर्तिमकाँडा गाविसको चाइनाबगरमा घुम्ती सेवा शिविर सन्चालन गरिएको थियो । यसबाट पुर्तिमकाँडा, घेत्मा, गरायला, कोटजहारी, सिम्ली, विजयश्‍वरी गाविसका नागरिकहरू लाभान्वित भएका थिए । साथै स्वास्थ्य शिविरबाट जाजरकोटका नागरिकहरूले समेत लाभ लिएका थिए

Additional Documents

Title Size Download
2127_d41d8cd98f00b204e9800998ecf8427e_1445104494__.docx 24 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय