नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रुकुम


DDRC को बैठक सम्बन्धी

मिति २०७२/०३/१७ गते जिल्ला दैवी प्रकोप उध्दार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप उध्दार समितिले देहाय बमोजिमका निर्णयहरू गरेको छ:-

१. गत साल कार्तिक र चैत महिनाको असिनाले प्रभावित किसानलाई राहत उपलब्ध गराउन जिल्ला कृषि विकास कार्यालय, रुकुममार्फत् सम्बन्धित निकायमा अनुरोध गर्न

२. गत साल बाढी र पहिरोले अति प्रभावित ६९६ कृषकको राहत स्वरुप आएको रकमबाट बिउ बिजन र ग्रीन ब्याग खरिद गरी दिने

३. आउँदो वर्षा यामलाई मध्यनजर गरी नेपाल रेडक्रस सोसाइटी रुकुम शाखा मार्फत् गैर खाद्य सामाग्री माग गर्ने

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय